Academy of Nepali Literature
| Academy of Nepali Literature |
|
Message from Academy of Nepali Literature, North America Fellow community members of North America, In the North America we are lucky to have commemoration and awareness of Nepali language. Now the time is ripe to leap frog our achievements. Hence, we present the Academy of Nepali Literature. ANA, the only nationally democratically elected Nepali organization of North America has embarked on a new epoch building on its 27 year history. Academy of Nepali Literature is an autonomous functional program affiliated with ANA and designed to work with local organizations all over North America. It is imperative the rest of this announcement be in Nepali. Please write to This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it with any questions.
प्रस्तावना १. नेपाली भाषा प्रयोग गर्ने र नेपाली साहित्यको अध्ययन गर्ने हाम्रो संख्या विश्वमा जति न्यून भए पनि हामी हाम्रो भाषा र साहित्य प्रति ठूलो गर्व गर्दछौं । बास्तवमै पनि नेपाली साहित्यको स्तर विश्वको कुनेै पनि मुलुकको साहित्यको स्तरभन्दा फितलो नभएको कुरा हाम्रा विद्धान समालोचकहरु भन्ने गर्दछन् । हाम्रो देशमा महान स्रष्टाहरुको जन्म भएको छ, महान कृतिहरु लेखिएका छन् । तथापी भाषाको कारणले हाम्रा स्रष्टा र साहित्य विश्व साहित्यको रंगमञ्चमा पर्दा पछाडी कुँजिएर रहेको चित्र स्पष्ट देख्न सकिन्छ । आज संसारै एउटा घर भई सकेको परिवेश र संचारको चरम सुविधा सम्पन्न यो अत्याधुनिक युगमा पनि हाम्रो भाषा, साहित्य र कलाले जसरी पखेट फिँजाएर उड्न सक्नु पथ्र्यो त्यो गर्न नसकेको संभवतः सबैले महशुश गरेको यथार्थ हो ।
२. नेपाली भाषा र साहित्यको संरक्षण र सम्बद्र्धनका लागि नेपालीहरुले मुलुक भित्र बसेर मात्र होईन मुलुक बाहिर रहेर पनि अद्धितीय प्रयासहरु गरिरहेका छन् । ती मध्ये भारतमा बसेका नेपालीहरुले गरेको योगदानले नेपाली भाषा र साहित्यको जगलाई मजबुत बनाउने काममा नै अहं भूमिका निर्वाह गरेको इतिहासले बताउँछ । भारतीय नेपालीहरुको लगनशीलताले त नेपाली भाषालाई संबैधानिक मान्यता दिलाउनमा नै सफलता प्राप्त गर्यो । यो सफलता आज भारतीय नेपालीहरुको लागि मात्र नभएर नेपाली भाषा बोल्ने हरेक नेपालीको लागि गौरवको विषय बनेको छ । बास्तवमा नेपाली भाषा र साहित्यको समृद्धिका लागि भारतको विभिन्न भूभागमा बसोबास गरिरहेका नेपालीहरुले गरिरहेको प्रयास ज्यादै नै स्तुत्य छ । त्यसैले त्यस्ता प्रयासहरु नेपाली वाड्मयको इतिहासमा प्रेरणदायी दस्ताबेजको रुपमा उल्लेखित छन् ।
३. समयको प्रवाहसंगसंगै आज नेपालीहरु छिमेकी मुलुक भारतमा मात्र नभएर विश्वको हरेक कुना कुनामा प्रवाहित भई रहेका छन् । कतिपय ठाउँहरुमा त नेपालीहरु नेपाललाई नै चिहाउन मिल्ने एउटा सानो नेपाल नै बनाएर एक आपसमा जुटेर बसेको आज हामी सुन्ने, देख्ने गर्दछौं । ती मध्ये उत्तर अमेरिका आजभोली विशेष चर्चित छ । विभिन्न कारण र विभिन्न उद्धेश्य लिएर उत्तर अमेरिका आउने र यहीँ नै आफ्नो कर्मभूमि बनाएर बस्ने नेपालीहरुको संख्या अचेल दिन प्रति दिन बढ्दै छ । यो बढ्दो माहौेलमा विभिन्न किसिमका व्यक्तित्व लिएका नेपालीहरुसंगै भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा स्थापित भइसकेका सर्जक साधकहरु एवं यस विधालाई माया गर्ने, मोह गर्ने र यस विधाको संरक्षण र सम्बद्र्धनका लागि उत्सगृत हुन चाहनेहरुको भीड पनि दिनानु दिन बढ्ैछ । देशबाट विछोडिए पछि परदेशमा स्वभावतः देशको भाषा, साहित्य र संस्कृतिप्रति मानिसहरु संबेदनशील हुन्छन् । त्यस माथि यहाँ खुलेका अनेकौ साहित्यिक एवं समाजिक संघ संस्थाहरुले सृजना गरेको बाताबरणको कारण अझ गहिरो किसिमले यो चेतना यहाँका नेपालीहरुमा झाँगिएको देख्न पाईन्छ । यसका लागि ती सबै संघ संस्थाहरु बधाईका पात्र छन् । यो सकारात्मक बाताबरणलाई हामीले ठोस उपलब्धीका रुपमा निर्णित गर्न सक्यौ भने त्यो हाम्रो लागि मात्र होईन हामीले माया गर्ने हाम्रो देशकै लागि ठूलो उपलब्धी हुन सक्दछ । भाषा र साहित्यको लागि मरिमेट्ने यति धेरै जोशहरु विश्वकै समृद्ध भूभाग उत्तर अमेरिकामा भएको यो समयलाई नचुकाउन र हाम्रो उपस्थिति यस क्षण यहाँ रहेको अनुभूतिलाई चिरन्तन बनाउन हामीले दीर्घकालिन योजनाहरु बनाउन जरुरी छ । ससाना साहित्यिक गोष्ठी, सम्मान र पुरस्कारका कार्यक्रमहरु त भई नै रहन्छन् । यो निरन्तर चलिरहने प्रकृया हो । तर यसको अलाबा हामीले नेपाली साहित्यलाई विश्व साहित्यमा उजिल्याउन फरक र प्रभावकारी बाटो समाउन नितान्त आबश्यक भई सकेको छ । हामीले यहाँ गरेको सानो सामुहिक प्रयाश पनि नेपालको लागि ठूलो सावित हुन सक्दछ । त्यसैले नेपाली भाषा र साहित्यको इतिहासमा नै एउटा अद्धितीय फड्को मार्न सक्ने उपलब्धीहरु हासिल गर्ने महान उद्धेश्य लिएर हामीले ‘दि एकेडेमी अफ नेपाली लिटेरेचर, अमेरिका’ नामक नयाँ संस्थाको स्थापना गरेका छौं ।
४. उत्तर अमेरिकामा रहेका नेपालीहरुको हित र समृद्धीका लागि स्थानीय स्तरमा अनेकौं संघ सस्थाहरु स्थापना भई सक्रिय रहेका छन् । ती संस्थाहरुको प्लाटफोर्म संस्थाको रुपमा संचालित एउटा पूरानो संस्था हो दि एशोसिएसन अफ नेपलिज इन अमेरिका (ए एन ए) । यसले आफ्नो स्थापनाको २७ औं बर्ष पार गरिसकेको छ र यस अबधिमा यसले आफ्नो विशिष्ट पहिचान पनि बनाईसकेको छ । हालै सम्पन्न निर्वाचनबाट चुनिएर आएका यसका नयाँ कार्य समितिले यसलाई विविध विधामा छुटै निकायहरु गठन गरि थप क्रियाशील बनाउने योजना तर्जुमा गरेको छ । त्यसै अन्तर्गत स्थापना गरिएको हो यो ‘दि एकेडेमी अफ नेपाली लिटेरेचर, अमेरिका’ । यो ए एन ए संग प्रत्यक्ष आबद्ध भए पनि एउटा स्वायक्त संस्थाको रुपमा कृयाशील रहने छ र यसको आफ्नै विधान हुनेछ । ए एन ए नेपाली भाषा र साहित्यको निम्ती अथक काम गर्दै आएको पार्टनर संस्था अन्तराष्ट्रिय नेपाली साहित्य समाज सँगको वार्षिकी कार्यक्रम यथावत राखी उस्ले गरेको प्रयासमा नौलो आयम थप्न गइ रहेको छ। यो संस्था ए एन ए को मूल लक्ष्यलाई हृदयगंम गरी नेपाली भषा र साहित्य तर्फको उद्धेश्य परिपूर्तिका लागि सक्रिय हुनेछ ।
उद्धेश्यहरु ः
१. नेपाली साहित्यका विशिष्ट ग्रन्थहरुलाई अंग्रेजीमा र अंग्रेजी साहित्यका विशिष्ट ग्रन्थहरु नेपालीमा अनुबाद गर्ने । २ उत्तर अमेरिकामा नेपाली साहित्यका अद्धितीय साहित्यकारहरुको शालिक स्थापनाको लागि प्रयाश गर्ने ३. नेपाल सम्बन्धी अध्ययन गर्न चाहने पाठकहरुका लागि उत्तर अमेरिकाका उपयुक्त स्थानहरुमा नेपाल सम्बन्धी पुस्तकहरु उपलब्ध हुने बातावरण बनाउने । ४. उत्कृष्ट साहित्यिक कृतिहरुकोसाथसाथै सामयिक संकलन नियमित रुपमा प्रकाशन गर्ने । ५. नेपाली भाषा र साहित्यको लागि विशिष्ट योगदान पुर्याउने नेपाली तथा विदेशी विद्धान विदूषीहरुलाई पुरस्कार, सम्मान र कदरको ब्यबस्था गर्ने । ६. नेपाली भाषा, साहित्यको प्रबर्धनका लागि विभिन्न किसिमका सभा, सम्मेलन, गोष्ठी र सेमिनारहरुको आयोजना गर्ने । ७. यसका उद्धेश्यहरु परिपूर्तिका लागि ‘नेपाली भाषा साहित्य विकास कोष’ नामक एक अक्षय कोषको स्थापना गर्ने ।
उपरोक्त उद्धेश्यहरु परिपूर्तिका निमित्त पहिलो कार्यकालका लागि देहाय बमोजिम एघार जनाको कार्य समिति र तीस जनाको एकेडेमिक काउन्सिल गठन गरिएको छ । यसै कार्य समिति र काउन्सिलले यसको विधान निर्माणका साथै भावि मार्गचित्र तयार गर्नेछ ।
आड हक कार्यसमिति
१. बसन्त श्रेष्ठ अध्यक्ष ( भर्जिनीया ) २. विनोद रोका उपाध्यक्ष ( न्यूयोर्क ) ३. हेमन्त श्रेष्ठ महासचिव ( भर्जिनीया ) ४. डिगबहादुर तमांग सचिव ( भर्जिनीया ) ५. मन्जु निरौला कोषाध्यक्ष ( मेरिल्याण्ड ) ६. गोविन्दसिंह रावत सदस्य ( क्यानडा ) ७. सुन्दर जोशी सदस्य ( फ्लोरिडा ) ८. निलम कार्की सदस्य (न्यूयोर्क ) ९ं उत्तमबाबु श्रेष्ठ सदस्य ( बोष्टन ) १०. पर्ल रेग्मी सदस्य ( मेरिल्याण्ड ) ११. कृष्णमुरारी ढुंगेल सदस्य ( कोलोराडो )
एकेडेमिक काउन्सिलः
१. होमनाथ सुबेदी भर्जिनीया २. शिव गौतम बोष्टन ३. मोहन सिटौला टेक्सास ४. शरद निरौला मेरिल्याण्ड ५.डा.हरिहरप्रसाद भट्टराई नर्थक्यारोलिना ६. सीता पाण्डे मेरिल्याण्ड ७. गगन विरही न्यूयोर्क ८. छेवाङ शेर्पा न्यूयोर्क ९. ज्ञानेन्द्र गदाल कोलोराडो १०. पल्पसा सिकागो ११. विद्या विमल बराल न्यूयोर्क १२. गोवर्धन पुजा न्यूयोर्क १३. होमराज आचार्य वासिंगटन डिसी १४. भारती गौतम बोष्टन १५. गीता खत्री न्यूयोर्क १६. मणि बांड्देल न्यूयोर्क १७. मुक्ति गौतम क्यानडा १८. मानकाजी श्रेष्ठ क्यानडा १९. प्रमिला शर्मा कोलोराडो २०. निलम श्रेष्ठ कोलोराडो २१. हेम पाठक टेक्सास २२. नगेन्द्र न्यौपाने नर्थ क्यारोलिना २३. राजा घले एटलाण्टा २४. श्यामकाजी श्रेष्ठ सिकागो २५. नम्रता गुरागाईं नेभ्रास्का २६. शहदेब पौडेल न्यूयोर्क २७. बामा भट्राई भर्जिनीया २८. सरला श्रेष्ठ पेन्सिलभेनीया २९. कविन्द्र सिटौला भर्जिनीया ३०. मुरारी नराल भर्जिनीया
Thank you and may the year ahead be happy and peaceful to you. Regards, This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view itAssociation of the Nepalis in the America <!--[if !supportLineBreakNewLine]--> |
| Nepal Promotion |
| Academy of Nepali Literature |
| Association of Nepali Youth in America (ANYA) |
| Media Club |
| Nepali Educational and Cultural Center |
Blog
Vlog (coming soon)
ANA @ Facebook
Click here to view on Facebook
ANA @ Twitter
and follow on Twitter for up to date information about convention, sport scores during convention, and all other news.